विदेश
काठमाडौं । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिँचाइ निर्माण परियोजना सम्पन्न भएको छ ।
शनिबार डेटेंग ग्रोगे वाटर कन्सरभेन्सी परियोजना सम्पन्न भएको हो । परियोजना सन् २०१४ मा सुरु भएको थियो ।
गुइपिङ सहरको पर्ल नदी बेसिनमा यो परियोजना अवस्थित छ । यो परियोजना बाढी नियन्त्रण, ढुवानी सुविधा, बिजुली उत्पादन र सिँचाइ प्रदान गर्न देशको एक महत्वपूर्ण सावित हुने बताइएको छ ।
आठ अर्ब युआन (करिव एक अर्ब ए करोड अमेरिकी डलर)को कुल लगानीमा सिँचाइ परियोजना सम्पन्न भएको हो । चीनले अर्थतन्त्रलाई स्थिर गर्ने, गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने काममा जोड दिइरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० १०:११
प्रतिक्रिया दिनुहोस्