site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितको संख्या २१ हजार नाघ्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा डेंगी संक्रमण बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकानुसार हालसम्म २१ हजार २०६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

महाशाखाले भदौ र असोजमा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।

महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगी संक्रमण दैनिक रूपमा बढेको बताए ।

नेपालमा पहिलोपटक सन् २००४ मा एकजनामा डेंगी देखिएको थियो । २०२२ मा ५४ हजार ७८४ मा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

सुनसरीमा मात्र ११ हजार संक्रमित
सुनसरी जिल्लामा सबैभन्दा बढी संक्रमण देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ११ हजार ६५९ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।

सुनसरीपछि मोरङमा दुई हजार २४२, धादिङमा दुई हजार १०१, झापामा एक हजार ३२३, काठमाडौंमा ४२७, धनकुटामा ३३६, संखुवासभामा २७२, कास्कीमा २६०, दार्चुलामा १९४ र ललितपुरमा १७४ जना डेंगीका बिरामी भेटिएका छन् ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ । फुलबाट लार्भा निस्कन्छ र लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro