site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेशी मुद्राको सञ्चिति काफी छ : अर्थमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार आर्थिक गतिविधि चलायमान बनाउन बाधक बनेका समस्या समाधान गर्नेतर्फ लागिरहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजको २५औँ साधारणसभामा उनले यस्तो बताएका हुन् ।

देशको आर्थिक अवस्था सुधार गर्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले अहिले नेपालमा पर्यटकको चाप बढेको र विदेशी मुद्राको सञ्चिति पर्याप्त रहेको उल्लेख गरे ।

गत वर्षको तुलनामा राजस्व पनि वृद्धि भइरहेको उनको भनाइ छ । “...अहिले पर्यटकको फ्लो बढिरहेको छ । हाम्रो विदेशी मुद्राको सञ्चिति काफी छ । अरू आर्थिक गतिविधि अघि बढाउनको लागि जुनखाले लिमिटेसन वा समस्याहरू छन्, ती समस्यालाई समाधान गर्नेतर्फ हामी लागिरहेका छौँ,” अर्थमन्त्री डा. महतले भने, “आगामी दिनमा अर्थतन्त्र पोजिटिभ स्थितिमा जान्छ । राजस्व पनि पोहोर सालको तुलनामा प्रगतिमा छौँ । आउने दिनमा झनै प्रगति हुने विश्वास छ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिने सुझावलाई बेवास्ता गर्दा देशको अर्थतन्त्र अहिलेको अवस्थामा आएको बताए । अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गरिरहँदा लगानीकर्ताको मनोबल खस्किएको उनले सुनाए । उनले सरकारी निकायबीच समन्वयको कमी हुँदा पनि अर्थतन्त्रमा धेरै असर परेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्र अहिले खस्किएकै अवस्थामा रहेको जिकिर गरे । उनले अर्थतन्त्रलाई सही ‘ट्रयाक’मा लैजान नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बिमा प्राधिकरणलगायत निकायले गरेका निर्णयलाई सरकारले सच्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro