site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा महिन्द्राले ल्यायो अत्याधुनिक तीन पाङ्ग्रे विद्युतीय डेलिभरी भ्यान
Tiktok banner adTiktok banner ad

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नेपाली बजारमा नयाँ विद्युतीय डेलीभरी भ्यान सार्वजनिक गरेको छ ।

नेपालका लागि महिन्द्राको प्यासेन्जर भेहिकल आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले ‘नेपाल विद्युतीय सवारी (ईभी) इन्टरनेसनल सो’मा उक्त सवारी सार्वजनिक गरेको हो ।

नेपाल ईभी इन्टरनेसनल शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा 'ट्रीयो  झोर  डीभी' सार्वजनिक भएको हो । ट्रीयो झोर डीभी  महिन्द्राको शक्तिशाली र विशेष थ्री–व्हीलर डेलिभरी भ्यान हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको उद्घाटन गर्दै थ्री–व्हीलर ट्रीयो झोर  डेलिभरी भ्यान सार्वजनिक गरेका थिए ।

निकै किफायती मूल्य र अत्याधुनिक प्रविधिले सुसज्जित महिन्द्रा ट्रीयो  झोर डीभीले ग्राहकको आवश्यकता पूरा गर्ने कम्पनीले जनाएको छ ।

ट्रीयो  झोर डेलिभरी भ्यानमा लिथियम–आयन ब्याट्री रहेको छ भने, विशेष पर्फमेन्सका साथ खर्च कटौती गर्ने कम्पनीको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro