site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बर्खा सकिएपछि लाखौँ जनता सडकमा ल्याउँदै छौँ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्षा सकिएपछि लाखौँ जनता सडकमा उतार्ने सपना रहेको बताएका छन् ।

सुर्खेतमा आयोजित सन्देशसभामा प्रधानमन्त्रीले समाजवादी मोर्चाका नेताहरूले राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा जनता सडकमा उतार्ने सोचिरहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“अहिले त सातवटै सभामा सन्देशसभा र घोषणासभा गरेका छौँ । हाम्रो सपना के छ भने अब वर्षा सिद्धिएपछि लाखौँ जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाको पक्षमा, सामाजिक न्यायको पक्षमा भ्रष्टाचारकाविरुद्ध जगैदेखि हल्लाउनुपर्ने हुन्छ,” उनले भने ।

उनले जनता सडकमा नल्याइ सरकारले गर्देला र खाउँला भन्ने भुल हुनेसमेत बताए ।

Global Ime bank

“जनतालाई सडकमा नल्याइन सरकारले मात्रै गर्देला र खाउँला भनियो भने त्यो भुल हो । इतिहासका निर्माता अन्ततः जनता हो,” उनले भने ।

प्रचण्डले संसद् विघटनका बेला पनि जनता सडकमा उत्रिएपछि विजयी भएको सुनाए ।

त्यस्तै, उनले गठबन्धन सरकार र समाजवादी मोर्चा एक ढिक्का भएर अघि बढेको जिकीर गरे । “गठबन्धन सरकार र मोर्चा एक ढिक्का भएर निरन्तर अघि बढेका छौँ । निरन्तर अघि बढ्नेछौँ ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement