कला

काठमाडौं । चलचित्र ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले सार्वजनिक गरेको टिजरमा ‘देउकी’को कथालाई छ ।
यो चलचित्रले देउकी प्रथाको कथा भन्ने संकेत गरेको छ । टिजरमा नायक पल शाहको दोहोरो भूमिका छ ।
टिजरमा पलसँगै बेनिशा हमाल, बाल कलाकार सारा शर्मा, नीति शाहलगायत कलाकार छन् ।
मेकर्स प्रालिको प्रस्तुतिमा तयार भएको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटालगायत कलाकारको अभिनय छ ।
साउन २३ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२ १४:५६
प्रतिक्रिया दिनुहोस्