देश
काठमाडौं । बरामद गरिएको ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले थप एकजना नेपालीलाई भारतबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा किशोर बस्नेत छन् । उनलाई भारतबाट पक्राउ गरिएको सीआईबी स्रोतले बतायो ।
उनी तिब्बतियन मूलका बेल्जियम नागरिक दावा छिरिङको सहयोगी भएको खुलेको छ । यसअघि सीआईबीले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको थियो ।
६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १६:१०
प्रतिक्रिया दिनुहोस्