site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेताका परिवार : व्यापार–व्यवसायमा संलग्नता कति उचित ?

गत संसदीय निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस–माओवादीसहित पाँच दलीय गठबन्धन उत्सर्गमा बालुवाटारमा बैठकमा हुँदै थियो, जतिखेर शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । बालुवाटारमा उम्मेदवारी भागबण्डाका विषयमा छलफल हुँदै थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ उक्त बैठक छाडी मेरो घर आउनुभयो । घरमा सानो छोरा अभिदीप र ममात्र थियौं । प्रचण्डले मलाई सोध्नुभयो, “राजेन्द्रजी, तपाईंको स्वार्थलाई केन्द्रमा नराखी ल भन्नूस् त म कहाँबाट निर्वाचन लडौँ ?”

मैले उक्त प्रश्नमा यसरी जवाफ दिएको थिएँ, “चितवनमा तपाईंसँग दुईवटा परिणाम छन् गोरखामा एउटै मात्र ।” यसको अर्थ थियो उहाँ चितवनमा निर्वाचन हार्नुहुन्थ्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसबीच उपरोक्त बैठकको तर्जुमा यसकारण पनि भएको थियो कि यो गठबन्धनको नाममा ‘शेखर–गगन’ समूह टिकट वितरणमा पेलिन्छौं भन्ने मनोविज्ञानमा थियो । त्यसको प्रतिरक्षाका लागि यो बैठक निर्णायक हुने गरी आयोजना गरिएको थियो ।

मैले प्रचण्ड र प्रकाशसँग करिब १५ मिनेट कुरा गरिसकेपछि डा. शेखर कोइराला र महामन्त्री गगन थापा आइपुग्नु भयो र साथमा कांग्रेस केन्द्रीय सदस्य अजय सिवाकोटीसमेत हुनुहुन्थ्यो । प्रचण्डले कांग्रेसभित्रको विषय गहिरो गरी बुझ्नुभएको थियो । 

Global Ime bank

डा. शेखर कोइराला र महामन्त्री गगन थापासँग गठबन्धनको औचित्य र टिकट वितरणमा सम्मानको विषय चर्किएको थियो । कांग्रेसभित्र उत्पन्न माहोलका कारण उहाँहरूको त्यो संशय भयमा रूपान्तरित हुन गइरहेको थियो । 

गठबन्धनको नाममा आफूहरूमाथि थिचोमिचो गरिए विद्रोह गर्ने भनी डा. शेखर र गगनजीले स्पष्ट धारणा राख्नु भएको सत्य उजागर गर्न चाहन्छु ।

त्यसपछि उहाँहरु बालुवाटारकै बैठकमा सहभागी हुन जानुभयो । मेरो घरमा भएको बैठकको निचोड गम्भीर ढंगले राख्ने भन्दै माओवादी नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निस्कनु भएको थियो । 

यसबीच ममाथि सद्भावबाहेक पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठले टिकट दिनु पर्छ भन्ने आवाज उठाइदिएको भन्ने गुन्जायश हल्लिरहनु हाम्रो राष्ट्रिय मनोविज्ञान मात्र हो । बरू म टिकटसहित गोरखा पुग्दा प्रचण्डले कसरी ल्याउनु भयो ? उहाँले जिज्ञासा राख्नुभएको थियो । 

उहाँले चीनकाजी श्रेष्ठलाई गोरखा क्षेत्र नम्बर १ को टिकट पाएकामा बधाईसम्म दिएको थिएँ भन्ने सत्य उजागर गर्नुभएको थियो । लाग्दथ्यो, दुईवटा क्षेत्रमा हर्षोल्लासका साथ निर्वाचन प्रचारमा जाने खुसी प्रकट गरेका थिए । 

निर्वाचनमा सौहार्दता झल्कँदै गयो, निर्वाचन परिणाम आयो । तर, गठबन्धनको सहमतिअनुरूप प्रचण्ड प्रधानमन्त्री हुने परिस्थिति भत्कियो । 

प्रचण्ड बालकोट जाने परिस्थिति बन्यो । त्यसबीच कति रोचक संयोग छन् कुनै दिन कतै विस्तृत लेखौंला । प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा कांग्रेससँग लज्जाबाहेक निराशा मात्र बाँकी थियो । प्रकट लोभमाथि क्षोभ प्रहार भइरहेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग म निरन्तर संवादमा थिएँ । केपी ओलीसँगको सहकार्य र हार्मोनी कस्तो होलाको कौतूहलताबाहेक पुष्पकमल दाहाल त्यतिबिघ्न चिन्तामा थिएनन् । म पुरानै गठबन्धन फर्किनुपर्छ भन्ने विचार दौडाइरहेको थिएँ । म सभापति शेरबहादुर देउवाज्यूको निवास धुम्बाराही पुगेँ । प्रधानमन्त्री दाहालसँग सभापति शेरबहादुर देउवाको ह्वाट्सएपमा पहिलो संवाद गराएँ । देउवाले संवादकै प्रारम्भमा ठूलो स्वरले ‘लाल सलाम’ भन्दा उताबाट प्रचण्डजीले उस्तै चर्को स्वरमा ‘जय नेपाल’ भनेको सुनिन्थ्यो । लाग्दथ्यो उनीहरू ‘रिग्रेट’ गरिरहेका थिए । 

यी उल्लेखित कुराहरू व्यवस्था स्थायित्वका लागि कर्तव्य सम्झेर गरिएको थियो । तर, मनमा समयले नेटो काटिसकेको छ भन्ने विचार उत्तिकै सल्बलाएको छ ।

यो आलेखमा अलि फरक सन्दर्भमा उल्लेख गर्न चाहन्छु । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सरकारी कर्मचारी, न्यायसेवा वा राज्यका अंग–संयन्त्रका प्रमुख सन्तानले जति यो देशमा ‘व्यापार–व्यवसाय’ कसैले बुझेका छैनन् । 

त्यो सबल हो या दुर्बल म भन्न सकिरहेको छैन । अझ तिनको नाजायज खेलकूद हेर्ने हो भने शासन पद्धतिलाई कता लैजान्छ भन्ने विषयमा पनि विश्लेषण हुुनपर्ने देखिन्छ ।

ठूला काण्डमा ठूलै नेताहरुका छोराहरुको संलग्नताका सवाल तथ्य–प्रमाणसहित सार्वजनिक भइरहेका छन् । उनीहरुको संलग्नताकै कारण त्यस्ता खराब कर्म भइरहेको प्रस्ट हुन्छ । त्यसो त, हाम्रो शासकीय परम्परामा छोरा, भाइ–भतिजाले लाभ उठाएको विषय नौलो होइन । 

दरबार सक्रिय हुँदा राजाका भाइ र परिवारका कथाले हाम्रो रंगिएकै हो । तिनीहरु ‘कानुन’भन्दा माथि थिए, तिनीहरुमाथि छानबिन हुने सवालै हुँदैनथ्यो ।  लोकतन्त्रमा सबै कानुनभन्दा ‘मुनि’ छन्, जे–जसरी ठूला नेताहरुका परिवारका सदस्यहरु भ्रष्टाचार, तस्करीमा नाम जोडिएको छ, तिनको छानबिन हुनुपर्छ । 

तिनीहरुकै कारण व्यापार–व्यवसायमा संलग्न व्यक्तिहरुको बदनामी भएको छ । नेताका परिवारका सदस्यहरुलाई अनुचित प्रभावबाट मुक्त गर्न निगरानी चाहिने हो कि जस्तो भएको छ । अर्काे त, पछिल्ला समयमा हामीले व्यापारिक समुदायका रात्रिभोजमा सरकारी संयन्त्रका हुँदै न्यायिक वा अर्धन्यायिक निकायका हाकिम र तालुकवाला मन्त्रालयका फाँटका प्रमुखहरू भेट्छौं ।

यस सन्दर्भलाई हेर्दा बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनले क्याबिनेटका स्वास्थ्य मन्त्रीले एक सरकारी रात्रिभोजमा एक अनधिकृत स्वार्थ बाँझिने व्यापारी आमन्त्रण गर्दा मन्त्रीलाई बर्खास्त गरेको स्मरण गर्न मन लाग्छ ।

तर, यो भन्न सक्छु कि नेपाली राजनीतिज्ञको अवस्था ग्वाटेमाला र एल साल्भाडोरका भ्रष्टहरूको जस्तै भइरहेको छ । 

वाइडवडी प्रकरणमा मित्रराष्ट्र अमेरिकाको स्टेट डिपार्टमेन्टले १५ जनाको विवरण माग गर्दै गर्दाको प्रसंगलाई मैले ग्वाटेमालाका राष्ट्रपति एलज्यान्ड्रो जियामाटीई र एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले लगायत ४० जनामाथि लगाएको प्रतिबन्धको प्रसंग जोड्न चाहन्छु । 

उपरोक्त प्रसंगहरू नेपाली राजनीतिक घरानाका नाता र सन्तानमा देखिएको व्यापारिक मोह हुन् यिनीहरू सम्पूर्ण रूपले नराम्रै त होइनन् ।  तर, एकाध नीतिगत भ्रष्टाचार र पुँजी पलायन (क्यापिटल फ्लाइट)मा तल्लीन भ्रष्ट व्यापारीबाहेक धेरै असल उद्यमीहरू त्रस्त बन्ने गरेका छन् । 

यहाँ यस्तो परिस्थिति बनेको छ कि कार्यकारिणी र उच्चपदस्थ परिवारका सदस्य साथ विना कुनै व्यापार प्रतिष्ठान नै निर्माण गर्न सकिँदैन भन्ने मनोविज्ञान बाक्लिएको छ ।  जसरी पञ्चायतकालमा दरबार र व्यवस्था हर्ताकर्ताको साथ प्राप्त नभएमा कुनै व्यापार–व्यवसाय गर्न सकिँदैनथ्यो । दरबार र पञ्चको साथ पाएका र तिनलाई प्रयोग गरेकै पात्रहरुले लाभ लिएको यथार्थ छिपेको छैन । 

पछिल्लो समय पुँजी पलायनको विषयमा हामीले संसदमा आवाज उठाउने प्रयास पनि गर्‍यौँ र भन्यौं कि नेपाल राष्ट्र बैंले पासपोर्ट र उडान टिकटको सट्टामा सुविधाबापत जम्माजम्मी २५०० सयसम्म यूएस डलर सटही अनुमति दिन्छ । 

तर दुबईमा विवाह कार्यक्रममा नेपाली समुदायले ३०औँ, ४०औँ करोड खर्च गर्छन् यो कसरी सम्भव भइरहेको भन्ने प्रश्न उठायौं ।  यस्ता विषयहरूको उठानलाई नाजायज उठान र सीमित ब्यापारिक सम्प्रदाय ‘माथि’ प्रहारको अर्थ पनि लगाइन्छ । 

तर यथार्थमा कि राज्यले वैदेशिक वित्तीय संस्थाहरूको उपस्थितिको मार्ग प्रशस्त गर्नुपर्यो वा नियम परिमार्जन गर्नुपनि पर्‍यो ।  अन्यथा, पुँजी पलायन रोक्ने अभिप्राय सफल हुँदैनन् र वास्तविक ब्यवसायीहरू मर्कामा पर्छन् । यही धमिलो परिस्थिति कायम रहने परिस्थितिमा नेपाली राजनीतिज्ञका परिवार निश्चित बिचौलियाहरूले विधिवत् व्यापारिक प्रतिस्पर्धालाई निस्तेज पार्ने गर्दछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !