site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नाइल बाँध विवाद : त्रिदेशीय वार्ता निष्कर्षविहीन

काठमाडौं । इजिप्टको जलश्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार सकिएको ग्राण्ड इथियोपियन रेनेसान्स बाँध (जीइआरडी) विवाद समाधानका लागि बसेको त्रिदेशीय बैठक निष्कर्षविहीन भएको बताएको छ ।

इजिप्ट, इथियोपिया र सुडानबीच लामो समयदेखि चलिरहेको जीइआरडी विवादलाई लिएर इजिप्टको राजधानी कायरोमा आइतबारदेखि सुरु भएको वार्ता बिनानिष्कर्ष सकिएको हो ।

इजिप्ट छिटोभन्दा छिटो बाँध सञ्चालन गर्न प्रयास गरिरहेको छ । इथियोपियाले इजिप्ट र सुडानको विरोधका बीच २०२० मा बाँध सञ्चालन गर्न थालेको थियो ।

अरु देशसँग सहमतिबिना बाँध सञ्चालन गरेको भन्दै २०२१ देखि वार्ता हुन सकेको थिएन । इथियोपियाले सन् २०११ मा यो बाँध परियोजना सुरु गरेको थियो ।

यसबाट ६ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको थियो । नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालन गर्न सहमति हुनुपर्ने जोड दिँदै आएपनि सहमति हुन नसकेको हो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्