site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोबर्टो मान्सिनी साउदी अरेबियाको मुख्य प्रशिक्षक 

काठमाडौं । इटालीका रोबर्टो मान्सिनी साउदी अरेबियाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । इटाली फुटबल टिमको मुख्य प्रशिक्षण छोडेको दुई हप्तापछि साउदीले मान्सिनीलाई अनुबन्ध गरेको हो ।

५८ वर्षीय मान्सिनीले इटालीलाई युरोपियन च्याम्पियनसिप–२०२० को उपाधि दिलाएका थिए । त्यस बेला इटालीले च्याम्पियनसिपको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

मान्सिनीको प्रशिक्षणमा इटालीले कीर्तिमानी ३७ खेलसम्म अपराजित यात्रा कायम राखेको थियो । फिफा विश्वकपमा भने छनोट हुन सकेको थिएन ।

मान्सिनीले साउदी अरेबियासँग सन् २०२७ सम्मको सम्झौता गरेका छन् । मान्सिनीको प्रशिक्षणमा साउदीले आउँदो सेप्टेम्बर ९ मा कोस्टा रिकाविरुद्ध पहिलो खेल खेल्नेछ ।

“नयाँ देशमा र विशेष गरी एसियामा फुटबलको विकास हुँदै गरेको देशमा प्रशिक्षण गर्न पाउनु मेरो लागि राम्रो अवसर हो भन्ने विश्वास लिएको छु । साउदी प्रो लिगमा उच्चस्तरका खेलाडीको उपस्थितिले यहाँको राष्ट्रिय फुटबल विकासको सम्भावनालाई दर्साउँछ,” सम्झौतापछि माल्दिनीले भने ।

गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपमा हर्भ रेनार्डको प्रशिक्षणमा साउदीले अर्जेन्टिनालाई २–१ ले हराउँदै सनसनी मच्चाएको थियो । तर, समूह चरण पार गर्न सकेको थिएन । विश्वकपपछि रेनार्डले साउदीको जिम्मेवारी छोडेका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro