site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पेसी तारिख अटोमेसन शुभारम्भसँगै प्रधानन्यायाधीश श्रेष्ठले भने– न्यायिक सुशासनको सुरुवात भयो 

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा न्यायिक सुशासनको सुरुवात भएको बताएका छन् । 

आजदेखि सर्वोच्च अदालतमा सुरु भएको पेसी तारिख अटोमेसनको शुभारम्भपछि सञ्चारकर्मीसँग दिएको प्रतिक्रियामा प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सुशासन प्रारम्भ भएको बताए । 

पेसी तारेख अटोमेसनको शुभारम्भपछि प्रधानन्यायाधीश श्रेष्ठले भने, “न्यायिक सुशासनका लागि राम्रो सुरुवात भएको मैले महसुस गरेको छु ।” 

उनले अटोमेसनले कर्मचारी र न्यायाधीशमा पनि आत्मविशवास बढाउने विश्वास व्यक्त गरे । 

“पेसी व्यवस्थापनको कडी हो यो । तारिक समन्वयबाट सुरुवात गर्‍यौं हामीले,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “हाम्रा कर्मचारीहरूले उच्च मनोबल राखेर निर्धक्कसँग काम गर्न यसले सहयोग गर्छ भन्ने मलाई अनुभूति भएको छ ।” 

पेसी तारिख अटोमेसन सञ्चालनका लागि काम गरेका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीसहित आइटी टिममा बसेर काम गरेकाहरूलाई प्रधानन्यायाधीश श्रेष्ठले धन्यवाद दिए । 

उनले सर्वोच्चको आफ्नो जनशक्तिबाटै सफ्वेर निर्माण भएको भन्दै भोलिका दिनमा कुनै समस्या आएमा समाधान हुने बताए ।

पेसी तारिख व्यवस्थापनसँगै कर्मचारीले आफू निकटका लागि अनुकूलमा अगाडि/पछाडि पेसी सारिदिने र कर्मचारी प्रशासनमा पहुँच नहुनेहरूलाई प्रतिकूल हुने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । अब सेवाग्राहीले ल्याएको रिट निवेदन÷पुनरावेदन निवेदनसहितका मुद्दामा दर्तासँगै स्वतः पेसी/तारिखको मिति पाउनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro