site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मस्कोले भन्यो– विमान दुर्घटनामा प्रिगोजिनको मृत्यु भएको पुष्टि भयो

काठमाडौं । रुसमा बुधबार भएको विमान दुर्घटनामा निजी सेना कम्पनी वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् । दुर्घटना भएको ठाउँमा भेटिएका शवहरूको आनुवंशिक (जेनेटिक) विश्लेषणपछि प्रिगोजिनको मृत्यु भएको पुष्टि भएको हो ।

छानबिन समिति (एसके)ले दुर्घटना सबै १० पीडितको पहिचान स्थापित भइसकेको र उडानको यात्रु सूचीमा रहेका व्यक्तिहरूसँग मेल खाएको जनाएको छ ।

प्रिगोजिनको निजी जेट विमान अगस्ट २३ मा मस्कोको उत्तर पश्चिमी क्षेत्रमा खसेको थियो । त्यसमा सवार सबैको मृत्यु भएको थियो ।

“मोलिकुर–जेनेटिक परीक्षण पूरा भएको छ,” एसकेले विज्ञप्तिमा भनेको छ, “यसको नतिजा अनुसार, सबै १० मृतकको पहिचान स्थापित गरिएको छ र त्यो पहिचान उडानको प्रकाशित सूचीमा उल्लेख भए अनुसार छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro