site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीको आईसीटी फोरम गठन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले आईसीटी फोरम गठन गरेको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा रिमोट थिचेर आईसीटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् ।

उनले पछिल्लो समय त्याग, सर्मपणभन्दा पनि हल्लाकै भरमा संगठन बनाउने टे«न्ड देखिएको भन्दौ त्यसलाई ‘क्रस’ गर्न आईसीटी फोरमको आवश्यकता परेको बताए । सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गरिने उनको भनाइ छ ।

“अहिलेको युग सूचना–प्रविधिको युगको रूपमा स्थापित भएको छ । यसको महत्त्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्त्व बुझेर त्यसलाई महत्त्व दिएका राजनीतिक दल सफल हुने र नदिए असफल हुने देखिएको छ । त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयानुसार आईसीटी फोरमको गठन गर्ने निर्णय गरिएको छ,” उनले भने, “ग्रास रुटसम्म यसको संगठन विस्तार हुन्छ । समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी यस संगठनले पार्टीका नीति, विचार र कामलाई प्रचार गर्नेछ । यसले पार्टीको प्रचार संयन्त्रको रूपमा काम गर्छ । आईसीटी फोरमले हल्लाकै भरमा संगठन बनाउने ट्रेन्ड तरिकालाई क्रस गर्दै विचार, सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय