राजनीति
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत रहेको कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)ले उमेदवारी दर्ता गराएको छ ।
पार्टीको तर्फबाट बिमला सुवेदीले सभापतिको उमेदवारी दर्ता गराएकी हुन् ।
उनको प्रस्तावकमा पार्टी सांसद तथा समिति सदस्य पूर्णबहादुर घर्ती तथा समर्थकहरुमा नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (एमाले)का महेश बर्तौला र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १४:२३
प्रतिक्रिया दिनुहोस्