site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिफारिस तीन राजदूतको आयो एग्रिमो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सरकारले राजदूतमा सिफारिस गरेका परराष्ट्र मन्त्रालयका तीन सहसचिवको एग्रिमो आएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार फ्रान्सका लागि राजदूतमा सिफारिस भएका सुधिर भट्टराई, युनाईटेड अरब इमिरेट्स (यूएई)का लागि राजदूतमा सिफारिस भएका तेजबहादुर क्षेत्री र कुवेतका लागि सिफारिस भएका सहसचिव घनश्याम लम्सालका एग्रिमो सम्बन्धित देशले स्वीकृत गरी पठाएको हो ।

Agni Group
NIC Asia

अब उक्त एग्रिमो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएपछि राष्ट्रपतिले उनीहरूलाई राजदूत नियुक्त गर्नेछन् । त्यसपछि उनीहरू जिम्मेवारी सम्हाल्न सम्बन्धित देश जानेछन् ।

हाल भट्टराई परराष्ट्रको शिष्टाचार महापाल, क्षेत्री मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा र लम्साल प्रशासन शाखाको जिम्मेवारीमा छन् ।

Global Ime bank

सरकारले केही दिनअघि परराष्ट्र मन्त्रालयका ६ सहसचिवलाई विभिन्न देश तथा नियोगको लागि राजदूतमा सिफारिस गरेको थियो ।

सिफारिसमा परेकामध्ये सहसचिव लोकबहादुर थापालाई राष्ट्रपतिले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूतको रूपमा नियुक्ति गरिसकेका छन् । उनी भदौ १४ गते जिम्मेवारी सम्हाल्न न्युयोर्कतर्फ जाँदैछन् ।

थाइल्याण्डको लागि राजदूतमा सिफारिस भएका सहसचिव धनबहादुर वली र स्वीट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूतमा सिफारिस भएका रामप्रसाद सुवेदीको एग्रिमो आउन बाँकी रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय