site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जिम्बाबेको राष्ट्रपतिमा इमर्सन मनांगाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं । जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकाल (पाँच वर्ष)का लागि पुनः निर्वाचित भएको जिम्बाबे निर्वाचन आयोग (जेडइसी) ले शनिबार घोषणा गरेको हो ।

जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३—२४ को चुनावमा मनांगाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्दीलाई पराजित गरेको बताए ।

उनले भने, ‘"अब म जिम्बाबे निर्वाचन आयोगको अध्यक्ष प्रिस्किला मकान्यारा चिगुम्बा, धारा ११० को उपदफा ३ को सर्तमा यो घोषणा गर्दछु की ज्यानु पिएफ पार्टीका मनांगाग्वा एमर्सन दम्बुड्जोले २३ लाख ५० हजार ७११ मत प्राप्त गर्नुभएको छ । जुन राष्ट्रपतिमा खसेको वैध मतको आधाभन्दा बढी हो । त्यसैले ज्यानु पिएफ पार्टीका मनांगाग्वा एमर्सन दम्बुड्जोलाई अगस्ट २६, २०२३ देखि लागु हुनेगरी जिम्बाबे गणतन्त्रको विधिवत राष्ट्रपति घोषित गरिएको छ ।"

मनांगाग्वाका प्रमुख प्रतिस्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिसन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गरेको चिगुम्बाले बताए ।

जिम्बाबेको कानुनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । जिम्बाबेका जनताले बुधबार र बिहीवार नयाँ राष्ट्रपति, संसद्का सदस्य र स्थानीय सरकारका प्रतिनिधि छान्न मतदान गरेका थिए ।

जेडइसीका अनुसार मनांगाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro