site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले कान्ति लोकपथ अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार पहिरो गएको स्थान मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्छ ।

त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडकखण्डमा भने यातायात सञ्चालन भइरहेको प्रवक्ता कार्कीले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्