site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महोत्तरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । महोत्तरीको जलेश्‍वर नगरपालिका–९, प्रकौली चोकमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय सन्तोष यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारको लागिप्रादेशिक अस्पताल जलेश्वर पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

मिथिला इन्सिच्युट अफ टेक्नोलोजी स्कुल जनकपुरको बा २ क १५३६ नम्बरको बसले ज ८ प ९२६७ नम्बरको मोटरसाइकललाई आज दिउँसो सवा १२ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न बस नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला कार्यालय महोत्तरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro