site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीको विवादबारे सरकारकी प्रवक्ता भन्छिन्– बराबर भएपछि सभाध्यक्षले मत दिन पाइन्छ

काठमाडौं । कोसी प्रदेशको विवादबारे सरकारकी प्रवक्ता रेखा शर्माले बराबर मत भएपछि सभाध्यक्षले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिन पाउने बताएकी छन् । 

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चारमन्त्रीसमेत रहेकी शर्माले कोसी प्रदेश सरकार निर्माणबारेको मुद्दा अदालतमा रहेकाले आदेशपछि मात्रै बोल्न सकिने बताइन् । 

Dabur Nepal
NIC Asia

तर, मत बराबर भइसकेपछि सभाध्यक्ष गरेको व्यक्तिले मत हाल्न पाउने उनको भनाइ छ । 

"कोसी प्रदेशको कुरा अदालतमा मुद्दाकैरूपमा गइसकेको छ । त्यसलाई अदालतको आदेश नआउन्जेल बोल्ने कुरा भएन । बराबर भइसकेपछि सभाध्यक्ष गरेको व्यक्तिले मत हाल्न नपाउने भन्ने हुँदैन मत हाल्न पाइन्छ । आदालतले नै बाँकी कुरा टुंग्याउने छ," उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro