site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आइफोनको लोभ देखाएर ठगी, आधा करोड रुपैयाँ र १८३ थान सिमसहित दुईजना पक्राउ

काठमाडौं । 'तपाईंलाई लक्की (भाग्यमानी) हुनुभएको छ । तपाईंले लक्की ड्रबाट आइफोन जित्नुभयो । हामी आइफोन पठाउँछौँ । भन्सार तिर्न तपाईंले हामीलाई पैसा पठाउनुपर्छ ।'

तपाईंलाई माथि उल्लेखित विवरणसहितको मेसेज विभिन्न माध्यमबाट आएको हुन सक्छ । तर, सावधान ! पछिल्लो समय यसप्रकारका ठगीका घटनामा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

प्रहरीले भदौ ४ गते मात्र यस्तै प्रकारको ठगीमा संलग्न रहेको आरोपमा ललितपुरको कुपण्डोलबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–८ का ३० वर्षीय राजकुमार पण्डित र रौतहट कटहरिया नगरपालिका–१ का २९ वर्षीय उमेशकुमार यादव रहेका छन् । 

उनीहरूले टिकटक, फेसबुक, ह्वाट्सएपमा जामजाम इलेक्ट्रोनिक्सका नामबाट ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

उनीहरूको साथबाट प्रहरीले ४९ लाख ९५,००० रुपैयाँ बरामद गरेको छ । यसैगरी सात थान मोबाइल, १८३ थान सिम कार्ड १२ थान एटीएम कार्ड बरामद गरिएको छ ।

प्रहरीले उनीहरूबारे अदालतबाट सात दिनको समय लिएर अनुसन्धान गरिरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro