site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जब बुवाले बिरामी छोराका लागि सबवेमा खाना मागे...
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनमा एक बुवाले उपचार गरेर फर्किंदा दिनभर भोकै रहेको आफ्नो १६ वर्षीय छोराका लागि सबवे यात्रुबाट खाना मागेको भिडियोले अहिले चर्चा पाएको छ ।

अगस्ट १४ मा पूर्वी चीनको आन्हुई प्रान्तको हेफेईको 'सबवे'मा खिचिएको भिडियोमा बुवाले यात्रुहरूलाई सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएको र दिनभर केही नखाएका छोराका लागि खानेकुरा मागेको देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नाम नखुलाइएका ती बुवाले सिटी स्क्यान तस्बिरसहितको सेतो प्लास्टिकको झोला समात्दै यात्रुहरूलाई आफूहरू दिनभर अस्पतालमा भएको र केही खाने मौका नपाएका भनेका थिए । ती बुवाले छोरा आफैँ दिसापिसाब गर्न नसक्ने र आफैँले खुवाउनुपर्ने पनि भनेका छन् ।

त्यसपछि नजिकै उभिएकी एउटा महिलाले आफ्नो झोलाबाट अंगुरको गुच्छा निकालेर दिएको भिडियोमा देखिन्छ ।

Global Ime bank

त्यसपछि धन्यवाद दिँदै ती बुवाले आफ्नो छोरालाई अंगुर खुवाएको भिडियाले चिनियाँ सामाजिक सञ्जालमा लाखौँले हेरेका छन् । सबैले बुवालाई सम्मान गर्दै उनको स्वास्थ्य सुधारको कामना गरेका छन् ।

साउथ चाइना मर्निङ पोस्टबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement