site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारलाई प्रभु साहको प्रश्न : गौर हत्याकाण्डबारे पीडितसँगको सहमति के भयो ?
फाइल तस्बिर।

काठमाडौं । सांसद प्रभु साहले गौर हत्याकाण्डको विषयमा पीडितहरुसँग भएको सहमति के भयो भन्दै प्रश्न गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकार र पीडितबीच भएको सहमतिलाई गठबन्धन दलभित्र अर्कै व्याख्या गरेर केही दिनभित्रै भ्रम फैलाएको बताए ।

Dabur Nepal
NIC Asia

उनले सरकारको यो विषयमा धारणा के हो भन्दै प्रश्न गरे । उनले नेपाल प्रहरीले यो घटना किन अघि बढाउन नसकेको भन्दै प्रश्न गरे ।

“गौर हत्याकाण्डको विषयमा के भएको छ, जान्न चाहन्छु । सरकार र पीडितबीच सहमति भयो । तर, केही दिन नबित्दै गठबन्धनको नाममा भ्रमपूर्ण कुरा आएको छ । पीडित चिन्तित छ । सरकारले धारणा के हो स्पष्ट भन्नुपर्छ,” उनले भने, “कानुनको शासन छ कि छैन ? कानुन लाग्छ कि लाग्दैन ? घटनाको १७ वर्ष बितिसक्दा पनि किन न्याय भएन ?”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro