site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय बाल नीति बनाउँदै छौँ : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले वर्तमानमा बालबालिकामा लगानी गरे मात्र भविष्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादन हुने बताएका छन् ।

कीर्तिपुर नगरपालिकाको वडा नम्बर ७ लाई काठमाडौं जिल्लाको पहिलो बालमैत्री वडा घोषणा कार्यक्रममा मन्त्री आचार्यले भविष्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति बनाउन आफूहरु बाल नीतिको निर्माणमा लागेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री आचार्यले राष्ट्रिय बाल नीति अहिले मन्त्रिपरिषद्को सामाजिक समितिमा रहेको बताउँदै छिट्टै संसद्बाट पास हुने बताए । बालबालिका देशको भविष्य भएकाले बालमैत्री शासनयुक्त स्थानीय तह बनाउने काम अत्यन्तै राम्रो भएको बताए ।

“कीर्तिपुरमा नै रहेको त्रिभुवन विश्वविद्यालयले जसरी राष्ट्रका लागि जनशक्ति उत्पादन गरेको छ । त्यसै गरी आज यो ऐतिहासिक नगरी कीर्तिपुरले बालमैत्री स्थानीय शासन सुरुआत गरेर भविष्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादन गर्ने काममा एउटा इँटा थपेको मैले महसुस गरेको छु,” मन्त्री आचार्यले भने, “शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रलाई बालमैत्री बनाउन आवश्यक छ । यी सबै विषय राष्ट्रिय बाल नीति आएपछि सम्भव हुनेछन् ।”

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्