site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा शुक्रबारसम्म वर्षा हुने 
फाइल तस्बिर

काठमाडौं । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । आज दिनभर पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौंमा २५.२ मिलिमिटर वर्षा भएको मौसमविद् राजु प्रधानाङले जानकारी दिए । “बिहान तीन/चार बजेदेखि सुरु भएको वर्षा अहिले पनि भइरहेको छ,” उनले भने, “यो क्रम शुक्रबारसम्म रहनेछ । त्यसपछि भने मौसम केही खुल्नेछ ।” 

काठमाडौंमा भारी वर्षाको सम्भावना भने छैन । हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् प्रधानाङ बताउँछन् । 

मनसुनी गतिविधि सक्रिय हुँदा काठमाडौंसहित केही भू–भागमा केही दिनयता वर्षा भइरहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

पाल्पा, नवलपुरलगायत भू–भागमा भारी वर्षा भएको छ । बिहान ५ बजेदेखि पाल्पाको अर्चले, नवलपुरको देउराली र आसपासका क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेशका केही स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro