site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मेटमणि चौधरीको दाबी– केपी ओली यही वर्ष पक्राउ पर्दै छन्

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् । 

मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए । उनले 'सबै काण्डहरूमा अग्रपंक्तिमा केपी ओलीको नाम आएपनि किन पक्राउ नगरेको ?' भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको पनि बताए ।

उनले पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद् अवरुद्ध गरिरहेको आरोप लगाए । "केपी ओली चाँडै पक्राउ पर्दै छन् । त्यसकै डरले केपी ओलीले संसद् अवरोध गर्ने बखेडा झिकिरहेका छन् । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्स अघि बढ्छ," उनले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro