site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
मत्स्येन्द्रनाथको बिरासत : काठमाडौं र असमका सभ्यतालाई जोड्ने कडी 

कला, संस्कृति, धर्म र साहित्यमा उल्लेखनीय योगदानका लागि काठमाडौं उपत्यका र असमको ब्रह्मपुत्र उपत्यका उल्लेखनीय छन् । दुवै उपत्यका नेपाल, भारत र तिब्बतबीचको महत्त्वपूर्ण व्यापारिक केन्द्रहरू हुन् । यस क्षेत्रको बौध्द र हिन्दु धर्मको प्रसारमा दरिलो भूमिका थियो । यस लेखको उद्देश्य अनुसन्धानमा आधारित अध्ययनहरूमार्फत यी दुई सभ्यतालाई पुन: जोडने सम्भावनाहरू खोज्नु हो ।

मत्स्येन्द्रनाथ रथ पर्वलाई "रातो मच्छिन्द्रनाथ जात्रा" पनि भनिन्छ । यो जात्रा काठमाडौं उपत्यकामा मनाइने परम्परागत धार्मिक र सांस्कृतिक पर्व हो । यस क्षेत्रको सबैभन्दा पुरानो र महत्त्वपूर्ण चाडमध्येको एउटा हो ।

राष्ट्रप्रमुखको उपस्थितिमा समापन गरिने यो सम्भवतः संसारको सबैभन्दा लामो रथ जात्रा हो । धेरै सातासम्म चल्ने यो जात्राको समय अवधि भने ज्योतिषीय विचार र परम्परागत पात्राहरूमा आधारमा प्रत्येक वर्ष फरक हुन्छ । यो सामान्यतया अप्रिलदेखि जुन महिनामा हुन्छ जुन मनसुन पूर्वको मौसमसँग मेल खान्छ । यसले विभिन्न समुदायका मानिसलाई एकसाथ ल्याउँछ, सामाजिक अन्तरक्रिया र सांस्कृतिक आदानप्रदानको लागि अवसर प्रदान गर्छ ।

यो पर्वले नेपाली समाजमा हिन्दू र बौध्द परम्परामा सद्भाव र सहअस्तित्वको मान्यता कायम राखेको छ ।

१. पृष्ठभूमि

यस प्रस्तुतिको उद्देश्य मत्स्येन्द्रनाथको सन्दर्भमा असम र नेपालबीचको पातलिँदै गएको सम्बन्धको ऐतिहासिक प्रमाणसँग पुन: जोड्ने सम्भावना खोज्नु हो । नेपालमा मत्स्येन्द्रनाथको बिरासत र यससँग सम्बन्धित अन्य पूराकथाहरूमा यथेष्ट बुँदाहरू उल्लेख गरिएका छन् ।

२. नेपालमा लामो समयको खडेरी

नरेन्द्रदेवको शासनकालमा नेपालले भयावह खडेरी भोगेको थियो । बाह्र वर्षसम्म पानी परेन । धानको उम्रियो तर भुसीमा चामलका दाना थिएन । नरेन्द्रदेवले खडेरीको कारण काठमाडौंका एक तान्त्रिक बन्धुदत्तबाट थाहा पाए ।

उनले वर्षा नहुनुका कारण गोरखनाथले नागहरुलाई बन्दी बनाएको हुनाले यस्तो भएको बताए । यसो गर्नुको गोरखनाथको मनसाय नेपालमा उनको नराम्रो स्वागतप्रतिको क्रोध वा आफ्ना गुरु मत्स्येन्द्रनाथलाई आउन बाध्य पार्ने उनको आशा हो भनिन्छ ता कि उनले आफ्ना गुरुको दर्शन गर्न पाउन् ।

३. समाधानको खोजी

बन्धुदत्तले राजा नरेन्द्रदेवलाई गोरखनाथबाट नागहरूलाई मुक्त गराउने एउटै उपाय गुरु मत्स्येन्द्रनाथलाई कामरूपबाट नेपाल ल्याउनु रहेको बताए । नरेन्द्रदेवले मत्स्येन्द्रनाथ नेपालमा  ल्याउने अभियानमा आफुसँग कामरूप जान शक्तिशाली तान्त्रिक बन्धुदत्त र ललित नाम गरेका ज्यापुलाई आग्रह गरे ।  मत्स्येन्द्रनाथलाई नेपालमा भक्तहरूले करुणामय पनि भन्छन्

४. नेपालबाट आसामको यात्रा

कामरूपमा पुगेपछि उनीहरूले मत्स्येन्द्रनाथका शाही आमाबाबुको सामना गरे । राजा शशिका पाँच सय छोराहरूमध्ये कान्छा थिए । बन्धुदत्तले आफ्नो तान्त्रिक जादू चलाएर सर्पलाई सानो आकारमा राजाको पेटमा हालिदिएपछि राजा बिरामी परे । राजाले बन्धुदत्तलाई निको पार्न सक्ने भए दिने वाचा गरे । आफुलाई निको पारेको खण्डमा राजाले मत्स्येन्द्रनाथलाई नेपाल पठाउने आश्वासन दिए ।  तर, मत्स्येन्द्रनाथकी आमाले अझै पनि करुणामयलाई आफूसँग लैजाने उनीहरूको अनुरोध अस्वीकार गरिन् । बन्धुदत्तले रानीले उनीहरूलाई पछ्याइरहेको थाहा पाए । त्यसैले बन्धुदत्तले उनीहरू त्यहाँबाट सजिलै उम्कन सकुन् भनेर करुणामयलाई भमरामा परिणत गरेर कलशमा राख्ने निर्णय गरे । भाग्दै गरेको बेला रानीले उनीहरूलाई समातिन् । रानीले उनीहरूलाई मत्स्येन्द्रनाथलाई नेपाल लान दुईवटा सर्त राखिन् – पहिलो, मत्स्येन्द्रनाथलाई देशको संरक्षक देवता मान्ने  र दोस्रो उनीहरूले मत्स्येन्द्रनाथलाई फर्कने बाटो देखाउन आफ्नो बाटोमा सालको बिउ छर्ने ।  दुवै सर्त मानेपछि नरेन्द्रदेवको टोलीलाई नेपाल फर्किने अनुमति दिइन् ।

५. टोली फिर्ता 

उपत्यकामा फर्किएपछि टोली गोरखनाथ ध्यान गरिरहेको ठाउँमा पुग्यो । गोरखनाथ आफ्ना गुरुलाई सम्मान गर्न खडा भए ।  त्यसपछि  नागहरू मुक्त भएर आकाशमा उडे । काठमाडौं पानी पर्यो । त्यसपछि शोभा यात्रासहित टोली पाटन पुग्यो जहाँ बन्धुदत्त, ललित ज्यापु र नरेन्द्रदेवले करुणामयको रथजात्रा स्थापना गर्ने कि नगर्ने भनेर छलफल गरे । नरेन्द्रदेवले आफ्नो शाही विशेषाधिकारको सम्मान गर्न र भक्तपुरमा करुणामयको रथजात्रा गर्न मन्जुरी दिए । ललित ज्यापुले आफूले सबै काम सकिसकेकाले आफ्नो नगर ललितपुर (पाटन) मा देवताको सम्मान गर्नुपर्ने माग राखे । काठमाडौंका बन्धुदत्तले आफ्नो तान्त्रिक शक्तिले कार्य सफल भएको भन्दै करुणामय काठमाडौं ल्याउनुपर्ने दाबी गरे । अन्ततः करुणामय पाटनमै बस्ने सहमति भयो ।

निष्कर्ष

मत्स्येन्द्रनाथका विषयमा असम र नेपालबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने कुनै महत्त्वपूर्ण ऐतिहासिक प्रमाण वा व्यापकरूपमा अनुसन्धान भएको छैन । तथापि  मत्स्येन्द्रनाथबारे ऐतिहासिक सन्दर्भ प्रामाणीकरण गर्न र असमको कामरूप वंश र नेपालको लिच्छवी वंशको ईस्वी ६५० देखि ईस्वी ११०० सम्मको अवधिको घटना क्रमको अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ । घटनाहरूको ऐतिहासिक प्रमाणमा अनुसन्धान जारी राखिएन भने विगतको बारेमा बहुमूल्य जानकारी लोप हुन सक्छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro