site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहमन्त्रीमाथि देउवापछि ओली खनिए– टार र कोट भन्या के हो ? यस्तो बोल्न मिल्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् । आइतबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको बैठकमा कांग्रेस सभापति देउवाले गृहमन्त्री हटाउनुपर्ने प्रस्ताव गरेका थिए ।

उनले गृहमन्त्रीमाथि माओवादीका नेताहरु विभिन्न काण्डमा जोडिए पनि सामान्य अनुसन्धानसमेत नगरेको तर कांग्रेसका नेता छानी छानी पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । देउवा बढी आक्रोशित भएपछि गृहमन्त्री श्रेष्ठले नै विषयान्तर गरेका थिए ।

‘आज सभापतिज्यूलाई के भएछ ? किन आक्रोशित हुनुभएको ?’ भन्दै उनले विषयान्तर गर्न खोजेपछि रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले देउवालाई रोकेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार पनि गृहमन्त्री श्रेष्ठमाथि बैठकमै एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखे ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिनमा ‘कोट पनि छोडिन्न टार पनि छोडिन्न’ भन्ने अभिव्यक्ति दिएका थिए । सो विषयलाई लिएर ओलीले आक्रोश व्यक्त गरेका थिए ।

Global Ime bank

“गृहमन्त्रीलाई गर्न खोजेको के हो भनेर ओली जङ्गिनुभयो । कोट नि छोडिन्न टार पनि छोडिन्न भनेको के हो ? गृहमन्त्रीको हैसियतबाट यस्तो भन्न मिल्छ ? कि प्रमाणित गर्नुहोस् नभए जे मन लाग्यो त्यही बोल्न मिल्छ ? भन्दै ओलीले आक्रोश पोख्नुभयो,” बैठकमा सहभागी ती नेताले भने । 

जवाफमा गृहमन्त्री श्रेष्ठले आफूलाई पत्रकारहरुले प्रश्न गरेपछि त्यसको जवाफमात्र दिएको भन्दै स्पष्टीकरण दिएको ती नेताले बताए । 

“मलाई राजनीतिक हस्तक्षेप भयो भने के गर्नुहुन्छ भनेर पत्रकारले गरेको प्रश्नमा भनेको हो । बालुवाटार वा बालकोटबाट दबाव आए पनि छानबिन रोकिन्न भनेको हुँ । नियोजित भनेको हैन भनेर गृहमन्त्रीले जवाफ दिनुभयो,” ती नेताले भने । 

तीन घण्टासम्म चलेको बैठकमा एक अर्काले घोचपेचमा उत्रिएको पनि उनले जानकारी दिए ।  सोमबार बसेको उक्त बैठकले एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन समिति बनाउने र सदन चलाउने सहमति गरेको छ । 

समिति भने सीआईबीले प्रतिवेदन बुझाएपछि निर्माण गर्ने सहमति भएको ती नेताले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC