site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिको चासो सकारात्मक : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने राष्ट्रपतिको ‘पहलकदमी’लाई ‘सकारात्मक’ भनेर टिप्पणी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री प्रचण्डले संसद् बैठक सञ्चालन होस् र राजनीतिक दलहरूबीच समझदारी बनोस् भन्ने राष्ट्रपतिको शुभेच्छा सकारात्मक रहेको बताएका हुन् ।

“यसमा कसैले विमति राख्नुपर्ने कारण छैन । हामी निरन्तर छलफलमा छौँ,” प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “संसद् सुचारु गर्ने सहमतिको करिबकरिब नजिक पुगेका छौँ । राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु ।”

Global Ime bank

एमालेले भने राष्ट्रपतिको चासो अनुचित भएको भन्दै बैठक बहिष्कार गरेको हो । एमालेबाट जारी संसद्को अवरोध अन्त्यका लागि राजनीतिक दललाई जिम्मेवार हुन सम्झाउन मंगलबार बिहान राष्ट्रपतिले डाकेको बैठकमा एमाले नेता अनुपस्थित भएका हुन् ।

यसअघि, राष्ट्रपति पौडेलले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीसँग एक्लाएक्लै छलफल गरेका थिए । त्यति बेला ओलीले सत्तापक्ष जिम्मेवार नभएको र प्रतिपक्ष सदनमा अवरोध गर्न बाध्य भएको बताएका थिए ।

राष्ट्रपतिले सक्रियता देखाएको भन्दै एमालेले बैठक बहिष्कार गरेको हो । “राष्ट्रपतिले शुभकामना आदानप्रदान, चियापानमा बोलाउनुहुन्छ भने हामी जान्छौँ । तर, राजनीतिक मुद्दामा बैठक बोलाउनु संविधानको भावनाविपरीत हो,” एमाले सचेतक महेश बर्तौलाले बाह्रखरीसित भने, “यस्ता बैठकमा अन्य दलहरू पनि सहभागी हुनु अनुचित छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय