site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेइजिङदेखि उत्तर कोरियाको राजधानी प्योङयाङको उडानलाई चीनको सहमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनले सोमबार बेइजिङ र उत्तर कोरियाको राजधानी प्योङयाङ बीचको व्यावसायिक उडान पुनः सुरु गर्न स्वीकृति दिएको घोषणा गरेको छ ।

सन् २०२० को सुरुवातमा कोभिड–१९ को महामारीका कारण उत्तर कोरियाले आफ्नो सीमा पूर्णरूपमा बन्द गरेको थियो र यो उडान पनि रोकिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले बेइजिङ र प्योङयाङ बीचको व्यावसायिक उडान सुरु हुनुलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित प्रेस ब्रिफिङका क्रममा प्योङयाङ र बेइजिङबीच गर्मी र शरद ऋतुको उडान स्वीकृत गरेको बताएका हुन् ।

Global Ime bank

तर, सोमबार बेइजिङका लागि तय भएको उत्तर कोरियाको राष्ट्रिय एयरलाइन्स एयर कोर्योको उडान अन्तिम समयमा अचानक रद्द भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय