site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
थप दुई माइक्रो इन्स्योरेन्सले पाए कारोबार अनुमति, ट्रष्टले पुँजी जुटाउन सकेन
SkywellSkywell

काठमाडौं । नेपाल बिमा प्राधिकरणले थप दुई लघुबिमालाई कारोबारका लागि अनुमति दिएको छ ।

प्राधिकरणले साउन ३२ गते स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई कारोबार गर्ने अनुमति दिएको हो ।

प्राधिकरणले गत वर्षको मंसिरमा सातवटा लघुबिमालाई लाइसेन्स दिएको थियो । तर, पूर्वाधार तयार गरेर आएका चारवटा लघुबिमालाई मात्र अनुमति दिएको थियो ।

Dabur Nepal
NIC Asia

लाइसेन्स पाएकामध्ये ट्रष्ट माइक्रो इन्स्योरेन्सले भने कारोबार अनुमति पाएको छैन ।

यो लघुबिमाले प्राधिरकणबाट तोकिएको पुँजी पुर्‍याउन नसक्दा कारोबार अनुमति नपाएको प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए । प्राधिकरणले लघुबिमाका लागि ७० करोड रुपैयाँ चुक्तापुँजी तोकेको छ ।

“प्राधिकरणबाट लाइसेन्स प्राप्त गरेका तीनवटै जीवन लघुबिमाले कारोबारको अनुमति पाएका छन् । पहिलो चरणमा दुई जीवन र दुई निर्जीवन लघुबिमाले अनुपति पाएर कारोबार पनि गरेका छन्,” उनले भने, “तर, पछिल्लो चरणमा एक जीवन र एक निर्जीवन लघुबिमाले कारोबार अनुपति पाएका छन् । तर, ट्रष्ट माइक्रो इन्स्योरेन्सले पुँजी पुर्‍याएको छैन ।”

लघु जीवन बिमातर्फ गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्सोरेन्सले कारोबार सुरु गरेर आफ्नो वित्तीय प्रगति प्राधिकरणमा बुझाइ सकेका छन् ।

त्यस्तै, निर्जीवनतर्फ नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पनि प्राधिकरणलाई विवरण बुझाएका छन् ।

साउन ३२ गते कारोबारका लागि अनुपति दिएकाहरूलाई पनि पूर्वाधार तयार गरेपछि मात्र पूर्ण कारोबारका लागि प्राधिकरणले अनुमति दिने पौडेलले बताए ।

लघु निर्जीवन बिमा कम्पनीले ५० लाख रुपैयाँ बराबरको बिमा व्यवसाय गर्न पाउने व्यवस्था छ । लघु जीवन बिमा कम्पनीले भने पाँच लाख रुपैयाँसम्मको व्यवसाय गर्न पाउनेछन् ।

‘लघु बिमा निर्देशन २०७९’ अनुसार लघु निर्जीवन बिमा कम्पनीले अधिकतम ५० लाख रुपैयाँसम्मको घर, सम्पत्ति तथा व्यवसाय लघुबिमा गर्न पाउने व्यवस्था छ । मोटर लघुबिमाअन्तर्गत ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटरअन्तर्गत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मोपेड, ट्याम्पु, रिक्सा, ठेलागाडाको बिमा गर्न सक्नेछन् ।

त्यस्तै, ५० लाख रुपैयाँसम्मको इन्जिनियरिङ लघुबिमा गर्न पनि सक्नेछन् । पाँच लाख रुपैयाँसम्मको दायित्व तथा मौद्रिक क्षति लघुबिमा र अन्य लघुबिमा पनि गर्न सकिने निर्देशनमा उल्लेख छ ।

जीवन बिमा कम्पनीले भने पाँच लाख रुपैयाँभन्दा कम बिमांक भएको जीवनको लघुबिमा गर्न सकिनेछ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार बिक्री गरिएका सबै बिमालेखहरू लघुबिमा लेख हुनेछ ।

बिमकले टेलिकम, इन्टरनेट सेवाप्रदायक, भुक्तानी सेवाप्रदायक, स्टोर, होटेल, रेस्टुरेन्टलगायत आपूर्ति शृंखलामा आबद्ध संगठित संस्थाहरूसँग सहकार्य गरी लघुबिमा जारी गर्नसक्ने प्राधिकरणले व्यवस्था गरेको छ ।

जीवन लघुबिमा लेखको हकमा एक वर्ष वा सोभन्दा बढीको अवधिको पोलिसी जारी गर्न पाउने व्यवस्था गरिएको छ । निर्जीवन लघुबिमा लेखको हकमा भने एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्रै पोलिसी बिक्री गर्न पाउने व्यवस्था गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu