site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपसभामुख अचानक बिरामी हुनुभएको हो, चाहेर होइन : एमाले प्रमुख सचेतक
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेशसभामा नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारीले उपसभामुख सिर्जना दनुवारले कानुनले दिएको अधिकार प्रयोग गरेको बताएका छन् । सोहीअनुसार आफ्नो अनुपस्थितिमा सभाध्यक्षमण्डलका सदस्यलाई सभा सञ्चालन गर्ने जिम्मेवारी दिइएको उनले बताए ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले विधि र प्रक्रियाअनुसार नै सभाध्यक्षमण्डलका सदस्य एवं नेपाली कांग्रेसका सांसद इसराइल मन्सुरीलाई सभाको अध्यक्षता गर्ने जिम्मेवारी तोकिएको स्पष्ट पारे ।

Prabhu Bank
Agni Group
NIC Asia

“उहाँले संविधान र प्रदेशसभा सञ्चालन नियमावलीको व्यवस्थाअनुरूप नै कार्य–जिम्मेवारी तोक्नुभएको हो,” भण्डारीले भने ।

उपसभामुख अचानक बिरामी परेको उनको भनाइ छ । उनले भने, “उपसभामुख अचानक बिरामी हुनुभएको हो, चाहेर हुनुभएको होइन ।”

Global Ime bank

अहिले उपसभामुख आफूहरूको दलको सदस्य नभएको भन्दै भण्डारीले कानुनसम्मत ढंगले अख्तियारको प्रयोग गरेको जिकिर गरे ।

प्रमुख सचेतक भण्डारीले कोसी प्रदेशमा संविधानको धारा १६८ (२) अनुरूप बनेको सरकारले विश्वासको मत लिन नसके थप विकल्प पनि भएको बताए ।

भण्डारीले संविधानको एउटा धाराअनुरूप बनेको सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिन नसके संविधानको अर्को धाराअनुसार सरकार गठन हुने जिकिर गरे ।

कोसी सरकारका मुख्यमन्त्री उद्धव थापाले आजको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने समय उपसभामुख दनुवारले नै तोकेकी थिइन । तर, बिरामी भएको भन्दै उनी काठमाडौतर्फ लागेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement