site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पीएल सिंह पुनः अस्पताल भर्ना, आईसीयूमा उपचार हुँदै
फाइल तस्बिर ।

काठमाडौं । पूर्वमन्त्री एवं तत्कालीन काठमाडौं नगरपालिकाका मेयर पीएल सिंहलाई पुनः अस्पतालमा भर्ना गरिएको छ । सिंहका भाइ इन्द्रलालका अनुसार रगत बान्ता हुन थालेपछि सिंहलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुर्‍याइएको हो । उनलाई आईसीयूमा राखेर उपचार थालिएको छ ।

यसअघि पनि यस्तै समस्या देखिएपछि मेडिसिटीमै सिंहको अपरेसन गरिएको थियो । आन्द्रामा रगत भरिएका कारण अपरेसन गर्नुपरेको थियो । अपरेसनपछि रगतको कमी भएका कारण सिंहलाई २१ पिन्ट रगत दिनुपरेको थियो ।

भाइ इन्द्रलालका अनुसार त्यसपछि घरैमा आराम गरिरहेका सिंहले ठोस खाना खान थालिसकेका थिए । तर, आज फेरि स्वास्थ्यमा समस्या बल्झिएको हो ।

“आज बिहान एक्कासि फेरि ब्लड भमिट भयो र अस्पताल ल्याएका छौँ,” इन्द्रलालले बाह्रखरीसित भने, “उहाँ अस्पताल ल्याउँदासम्म होसमै हुनुहुन्छ । अहिले आईसीयूमा राखेर उपचार हुँदै छ । हामीले भेट्न पाएका छैनौँ ।”

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro