site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीकी उपसभामुख ‘बिरामी’, प्रदेससभा बस्नेबारे टुंगो लागेन
सत्ता गठबन्धनको बैठकमा सहभागी प्रदेशसभा सदस्य ।
Sarbottam CementSarbottam Cement

विराटगनर । कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले आफू बिरामी परेको भन्दै प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको जानकारी गराएकी छन् । सोमबार उनले प्रदेससभा सचिवालयलाई यस्तो जानकारी गराएकी हुन् ।

अचानक बिरामी परेको भन्दै उनले आज र यसपछाडिका बैठक सञ्चालन गर्न नसक्ने सचिवालयलाई लिखित जानकारी गराएकी छन् । उपचार गराउन बाहिर जानुपरेको उनको पत्रमा उल्लेख छ । उनी आजै बिहान सवा ८ बजेको विमानबाट काठमाडौंतर्फ गएकी छिन् ।

आफैँले सोमबार बिहान ८ बजेका लागि बोलाएको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत दनुवार उपस्थित भइनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आज कोसीका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची छ । तर, दिउँसो १ बजेका लागि बोलाइएको प्रदेससभाको बैठक अब के हुने भन्ने अन्योल भएको छ ।

प्रदेशसभा नियमावलीको नियम ११ को उपनियम २ बमोजिमको अधिकार प्रयोग गर्ने गरी अध्यक्षमण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्न उपसभामुखले जिम्मेवारी दिएका छन् । मन्सुरी नेपाली कांग्रेसतर्फका सांसद हुन् ।

Global Ime bank

प्रदेशसभा नियमावलीको नियम ११ (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न चार सदस्यीय सभाध्यक्षमण्डल बनाइएको छ ।

यसअघि, वणानुक्रममा रहेका सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट र नेकपा (एमाले)की मालतीकुमारी लिम्बूले बैठकमा अनुपस्थित रहने सूचना दिएका थिए ।

कोसीका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गठबन्धसँग ठिक्क ४७ मत छ । मन्सुरीले बैठक सञ्चालन गर्नुपर्दा विश्वासको मत पाउन आवश्यक संख्या नपुग्ने देखिन्छ ।

उपसभामुख अनुपस्थित भएकाले दिउँसो फेरि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी गरिएको स्वास्थ्यमन्त्री निर्मला लिम्बूले जानकारी दिइन् ।

प्रदेशमा विकसित नयाँ राजनीतिक परिस्थितिका विषयमा अहिले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरू छलफलमा जुटेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement