site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यव्यवस्था बोलाएर कोसीकी उपसभामुख काठमाडौं लागिन्, प्रदेशसभाको बैठक अनिश्चित 

विराटनगर । विश्वासको मत लिनुअघि आज बिहान बस्नुपर्ने कोसी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक अनिश्चित भएको छ । उपसभामुख सिर्जना दनुवार आजै संघीय राजधानी काठमाडौं लागेपछि  बैठक बस्ने/नबस्ने अनिश्चय भएको हो ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन सूचना दर्ता गराएपछि उपसभामुख दनुवारले सोमबारलाई बैठक बोलाएकी थिइन् ।  तर, उनी आज बिहान हवाई मार्गबाट काठमाडौंतर्फ लागेकी हुन् । विराटनगर विमानस्थल स्रोतले दिएको जानकारी अनुसार आफ्नो निजी सुरक्षाकर्मीसहित दनुवार काठमाडौं उडेकी हुन् ।

प्रदेशसभाको बैठक १ बजे डाकिएको छ  । त्यसको पूर्वतयारी तथा सम्भावित कार्यसूचीबारे छलफल गर्न आज बिहान कार्यव्यवस्थाको बैठक उपसभामुख दनुवारले नै बोलाएकी थिइन् । 

नेपाली कांग्रेस कोसीका प्रमुख सचेतक भुपेन्द्र राईले कार्यव्यवस्था बैठक बस्ने भनिएकाले आफू प्रदेससभा सचिवालयतर्फ जान लागेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro