देश
काठमाडौं । प्रहरीले पाँचसय केजीभन्दा धेरै पटकासहित एकजनालाई पक्राउ गरेको छ । कुपण्डोल कानदेवतास्थानबाट २८ वर्षीय जितेन्द्रकुमार जैसवाललाई पक्राउ गरिएको हो । उनको स्थायी घर बाराको कलैयामा हो ।
उनलाई प्रहरीले गोदाममा ३१ बोरामा रहेका ५०० केजीभन्दा बढी पटकासहित पक्राउ गरेको हो ।
उनलाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० १७:२६
प्रतिक्रिया दिनुहोस्