site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले गरेका महत्त्वपूर्ण कामको प्रचार भएन : डा. महत

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई सम्पन्न बनाउनु भएको बताएका छन् । शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ (२) को प्रदेश सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

संगठित रूपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य साबित गराउने खतरा विद्यमान रहेको उनले औँल्याए । सरकारले गरेका सही कुराको प्रचार गर्नुपर्नेमा उनले जोड दिए ।

Dabur Nepal
NIC Asia

नयाँ पार्टीहरूले गरेका साना कुराको धेरै प्रचार हुने र कांग्रेसले गरेका धेरै महत्त्वपूर्ण कामको प्रचार हुन नसकेको भन्दै उनले गुनासो गरे ।

उनले सीमित साधनस्रोतका कारण सबै स्थानमा बजेट विनियोजन गर्न नसकिएको बताए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालादेखि नै अव्यवस्थित बजेट विनियोजन गर्दा अहिले समस्या देखिएको तर्क उनले गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro