site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेतृत्व वर्गमा अझै केन्द्रिकृत मानसिकता छ : विमलेन्द्र निधि
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस स्व. नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भए पनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताए ।

अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दा पनि कांग्रेसका नेताहरुले नमानेको भन्दै आपत्ति उनले जनाए । अवशिष्ट अधिकार सार्वभौम जनतामा निहीत हुनुपर्ने उनको भनाइ छ ।

“अवशिष्ट अधिकार भनेको त सार्वभौम सत्ता जसमा निहीत हुन्छ, त्यो निहीत अधिकारको तह जनतामा हुन्छ । त्यसैले तल्लो निकायमा हुनुपर्छ भनेर लेख्नुपर्छ भन्ने उहाँ (प्रदीप गिरि), म पनि,” उनले भने, “तर, संविधानमा लेख्न नेपाली कांग्रेसका कुनै पनि नेताले मानेनन् । किनभने आफूमा राख्न चाहन्छन् नि सबै अधिकार त ।”

स्व. गिरि बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै निधिले उनको जीवन राजनीतिकर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro