site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको कार्यक्रममा पुष्पलाल, मदन र मनमोहनसँग अध्यक्षको फोटो राख्न निर्देशन

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीसँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य फोटो प्रयोग नगर्ने भएको छ ।

अध्यक्ष ओलीले पछिल्ला बैठकको निर्णय समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)– ८ मा कार्यक्रमहरुमा अनावश्यक फोटो प्रयोग गरिएको भन्दै त्यस्तो निर्णय गरिएको जनाएका छन् ।

Dabur Nepal
NIC Asia

“सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आशनग्रहण र मञ्च व्यवस्थापनको विषयः सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएको छ,” अपानिमा भनिएको छ, “कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू– संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक) अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ ।”

कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्ने गरी अतिथि र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । कार्यक्रममा तथा कार्यक्रम सुरू भएपछि आशनग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने निर्णय गरिएको अपानिमा उल्लेख छ ।

ओलीले कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्न र कार्यक्रमलाई भड्किलो नबनाउन समेत निर्देशित गरेका छन् ।

बिहीबार उपमहासचिव विष्णु रिमालले समाजिक सञ्जालमार्फत कार्यक्रमहरुमा अध्यक्षको मात्रै फोटो राख्ने जानकारी गराएका थिए । दिवंगत तीन नेताको फोटो रहने वा नरहने प्रष्ट पारेका थिएनन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro