-1746538583.jpg)
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदीप नेपालको निधनले पीडाबोध भएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस राख्दै ओलीले विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेको बताए ।
"नेकपा एमालेको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनु भएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ । उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन्," ओलीले लेखेका छन् ।
उनले दिवंगत नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
ब्रेन ट्युमरसहित पार्किन्सन्सको समस्या भोग्दै आएका नेपालको उपचारका क्रममा मंगलबार नर्भिक अस्पतालमा निधन भएको थियो ।