site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सांग्रिला मोटर्सले सुरु गर्‍यो सिट्रोन ई–सी थ्रीको हस्तान्तरण

काठमाडौं । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित सिट्रोन ई–सी थ्रीको हस्तान्तरण सुरु गरेको छ । केही समयअघि कम्पनीले नेपालमा यो विद्युतीय गाडी सार्वजनिक गरेको थियो ।

सिट्रोन ई–सी थ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सी थ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ ।

सिट्रोन ई–सी थ्रीको मोटरले ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमीटर प्रतिघण्टाको स्पीड दिने कम्पनीको दाबी छ ।

यो ईभीको टप स्पीड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ भने रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुईवटा ड्राइभिङ मोड रहेको छ ।

सिट्रोन ई–सी थ्रीले एक पटकको फुल चार्जमा ३२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

साथै, यो डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीको जीवनलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीले यो कारमा सात वर्ष वा एक लाख ४० हजार किलोमिटर ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरी यसमा दिएको इलेक्ट्रीक मोटरमा पाँच वर्ष वा एक लाख किलोमिटरको वारेन्टी रहेको छ ।

गाडीको लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro