site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनीमा घटे एमालेका १६ हजार सदस्य, यसरी हुँदै छ अधिवेशनको तयारी

काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनको तयारी सुरु भएको छ । अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ ।

एमालेको अधिवेशनको सुरुआत लुम्बिनीबाट हुन लागेको हो । अधिवेशनको आवश्यक तयारी भइरहेको लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।  

अधिवेशनको तयारी स्वरुप आवास, खाद्य, स्वास्थ्य लगायतका क्षेत्रको संयोजक तोकिएको र केही समिति पनि निर्माण गरिएको छ । उनका अनुसार भदौ ९ गते प्रतिनिधि छनोट हुनेछ । अधिवेशनका लागि एक हजार आसपास प्रतिनिधि चयन हुने कँडेलले बताए ।

Dabur Nepal
NIC Asia

“ठ्याक्कै हिसाब निकालेका छैनौं । एक हजारको सेरोफेरोमा प्रतिनिधि छनोट हुनेछन् । प्रतिनिधि छनोटको मुख्य केन्द्र पालिकालाई बनाइने छ,” उनले बाह्रखरीसँग भने ।

प्रतिनिधिले बस्ने व्यवस्था आफैँ गर्नुपर्नेछ । कँडेलका अनुसार खाने व्यवस्था भने अधिवेशन स्थलमा नै गरिने छ ।  अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

१६ हजार सदस्य घटे
लुम्बिनीमा एमालेको संगठीत सदस्य घटेका छन् । विगतको तुलनामा झण्डै १६ हजार सदस्यले सदस्यता नवीकरण गरेनन् ।

हाल ८२ हजार ३१२ जनाले नवीकरण गरेका छन् । जुन सदस्यता नवीकरण पार्टी केन्द्रीय संगठन विभागले गरेर पठाएको उनले जानकारी दिए । यसअघि ९८ हजार सदस्य रहेको उनको भनाइ छ ।

“पहिले ९८ हजार सदस्य थिए । पार्टीबाट यताउता जाने कुरा भए । कोहीको मृत्यु भयो । विविध कारणले त्यति स्वतः घट्ने पनि भयो नि,” कँडेल भन्छन् ।

अध्यक्षमा दोहोरिने चाहना
हालका अध्यक्ष कँडेलले फेरि अध्यक्ष बन्ने चाहना व्यक्त गरेका छन् । उनले पार्टीमा छलफल गर्न बाँकी रहेको सुनाए ।

“साथीहरूसँग सल्लाह बाँकी छ । अन्तरिम कालजस्तो अध्यक्ष भएको हुँ । नेता कार्यकर्ताकाहरूको इच्छा भयो भने म पनि रहन्छु,” उनी भन्छन् ।

अधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयन हुने सम्भावना रहेको उनको भनाइ छ ।

“सर्वसम्मत हुने सम्भावना पनि छ । भोटिङ भए पनि लोकतान्त्रिक अभ्यास हो । के समस्या होला र ?,” कँडेल भन्छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro