site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सबै मिलियो भने मात्र परिणाम आउँछ : प्रवक्ता डा. महत

सिरहा । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सबै मिलियो भने मात्र परिणाम आउने बताएका छन् ।

सिरहामा नेपाली कांग्रेस आन्तरिक विशेष अभियान समापन समारोहलाई सम्बोधन गर्दै नेता डा. महतले भने, "कसैले पनि एक्लै परिणाम ल्याउन सक्दैन । विपी कोइरालाले पार्टीको नेतृत्व गर्दा त गणेशमान, कृष्णप्रसाद र सुवर्णशमशेरको आवश्यकता परेको थियो । अहिले त्यस्तो कोही पनि छैन । त्यसकारण कसैले वा कुनै पुस्ताकाले म भए सबै हुन्थ्यो, अरु भएर यस्तो भन्नु बेकारको कुरा हो ।"

उनले संस्थाको निर्णय लिएर जनताको बीचमा जान आग्रह समेत गरे । "संस्थाको निर्णय लिएर जनताको बीचमा जानुपर्छ । संस्थागत कुरा सामाजिक सञ्जालमा उल्टापाल्टा गरियो भने जनता दुविधामा पर्छन् । संस्थागत निर्णय जे हुन्छ, त्यो लिएर एउटै भावनाका साथ जनताका बीचमा जानुपर्छ," डा. महतले आग्रह गरे ।

Dabur Nepal
NIC Asia

नेपाली कांग्रेसप्रति आस्था र समर्थनका बावजुद मतदानका बेला रुपान्तरण नहुनुमा पार्टीभित्रको अनेकता जिम्मेवार रहेको उनको ठहर छ । उनले भने, "एकले अर्कालाई नसहने प्रवृत्ति जिम्मेवार छ । बरु अर्को पार्टीको जोसुकै होस, यो चाहीँ हुनुहुन्न, यो चाहीँ हारिजाओस् भन्ने मानसिकता हाबी छ ।"

पार्टीभित्र साथीसँगको मतभेद, असन्तुष्टि छ भने पनि आखिर यो पार्टीकै साथी हो, मेरो काम नगरे पनि पार्टीकै काम गर्छ, त्यसकारण म यसलाई मत हाल्छु भन्ने निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस पार्टी दुःख सुख, अप्ठ्यारो सप्ठ्यारो, प्रवास, जेल, पुलिसको ठण्डा लोकतन्त्र र नेपाली नागरिकको अधिकार सुनिश्चित गर्नका लागि खाएको छ । आफूले चुनेको जनप्रतिनिधिले शासन गर्ने व्यवस्था र ती जनप्रतिनिधिले काम गरेनन् भने हराएर अर्कोलाई निर्वाचित गर्ने व्यवस्था नेपाली कांग्रेसको अगुवाइमा भएको भन्दै उनले नेपालमा जति पनि आन्दोलन र परिवर्तन भए, नेपाली कांग्रेसको नेतृत्व बिनासम्भव नभएको दाबी गरे ।

"नागरिकताको समस्या मधेसमा बढी छ, त्यसलाई अरु कसैले पार लगाउन सकेको थिएन, प्रतिपक्षी दल एमालेले नागरिकताको विषय अलमल्याएको सबैलाई थाहा छ," नेता डा. महतले भने, "मधेसवादी दलहरूले पनि त्यो विषयलाई निक्र्योलमा पुर्‍याउन सक्ने अवस्था थिएन । नेपाली कांग्रेसले मात्र निक्र्योलमा पुर्‍याउन सक्छ, कांग्रेसकै कारण अहिले कानुन बनेको छ ।"

भर्खर जन्मिएको राजनीतिक दलजस्तो कर्तव्यबाट भाग्ने पार्टी नेपाली कांग्रेस नभएको उनको भनाइ छ । "कांग्रेस परिचित पार्टी हो, अप्ठ्यारोमा भाग्दैन । कांग्रेस सदाबहार पार्टी हो, कहिले तल भयो भनेर आत्तिदैन, माथि पुग्यो भनेर मात्तिदैन । कांग्रेससँग इतिहास छ, सिद्धान्त छ, त्यसकारण कांग्रेस हुनुमा गर्व गर्नुपर्छ," उनले भने ।

सिरहाको शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, सडक सञ्जाल र भौतिक पूर्वाधारको विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताए।

"गठबन्धनको सरकार छ, निर्वाचिन अघि पनि हामी सँगसँगै थियौं, बीचमा गडबडी भएकै हो, अहिले सँगै छौँ । यो सरकार पूरा समय टिक्छ । हामी परिणाम देखाएर काम गर्ने पक्षमा छौँ," उनले भने ।

 समयमै गृहकार्य गरेर आउँदो बजेटमा यो क्षेत्रको धेरै समस्या सम्बोधन गर्ने प्रयास गर्ने मन्त्री डा. महतले बताए ।

"पार्टी नेतृत्वमा बढीभन्दा बढी महिलालाई जोड्नुपर्छ । महिला दिदीबहिनीहरूलाई जिम्मेवारी दिनुपर्छ । उहाँहरूलाई जिम्मेवारी दिइयो भने परिणाम देखाउनुहुन्छ" उनले भने, "केन्द्रमा जतिसुकै ठूला कुरा गरे पनि वडा वा टोलमा हुने कांग्रेस कार्यकर्ता चलायमान भएन भने पार्टी बलियो हुँदैन ।  हामीले उत्साह भर्ने कोसिस मात्र गर्ने हो । हामी सबैसँग हरेक समय पुग्न सक्दैनौं, जहाँ स्थानीय तहमा एकता छ, त्यहाँ कांग्रेसले जित्छ, नभएको ठाउँमा कांग्रेस पराजित हुन्छ । त्यसकारण स्थानीय तह संगठनका लागि एकदमै महत्वपूर्ण छ ।"

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro