site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

काठमाडौं । राष्ट्रिय युवा परिषद्, वाग्मती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई)ले संयुक्तरूपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन इन्टरनेट साझेदारका रूपमा सहकार्य गर्ने भएको छ ।

सम्मेलनमा सहकार्यबारे बुधबार सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरे र वर्ल्डलिंक कम्युनिकेशनका सञ्चालक मनोज अग्रवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Argakhachi Cement Island Ad

डिजिटल नेपाल निर्माणमा सहकार्य गरिरहेको वर्ल्डलिंकले युवा उद्यमीहरूलाई प्रोत्साहन र उद्यमशीलताको वातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको वर्ल्डलिंकका सञ्चालक मनोज अग्रवालले बताए ।

उनका अनुसार वर्ल्डलिंकले सस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी देशभरकै युवाहरूलाई इन्टरनेटको पँहुच ल्याउनका लागि प्रयास गरिरहेको छ ।

त्यसैगरी नेपाल बिजनेस इन्सिच्युटका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक विशाल गैरेले युवाहरूलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरूलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० का निर्माण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धिमुलक हुने बताए ।

उनका अनुसार ७० जिल्लाका ५०० युवा उद्यमीहरू शिखर सम्मेलनमा सहभागी हुनेछन् । प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो वर्षको सम्मेलनमा 'युवा नर्वप्रवर्तन : लगानी र समृद्धि' भन्ने मुल नारा तय गरिएको छ ।

यो सम्मेलनले कोभिड १९ र पछिल्लो वित्तीय चुनौतीको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवर्द्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरूको आकर्षण बनाउनका लागि, युवा उमेर समूहका उद्यमी बन्न चाहने युवाहरूमा सघाउ पुग्ने बताइएको छ ।

त्यस्तै, उद्यम गरिरहेका युवाहरू र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबीचको उच्चस्तरीय नेटवकिङ् र लगानी सम्झौताका लागि र युवाहरूमा वित्तीय पँहुच, सरकारी नीति, कर नीति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समूहगत छलफल, र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरूको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो शिखर सम्मेलन महत्वपूर्ण हुने आयोजकको विश्वास रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्