site stats
बाह्रखरी :: Baahrakhari
देश
कृषिमन्त्री भन्छन्– लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन सक्दैनौँ

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसक्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पी स्किन रोग लागेर पशुहरूको मृत्यु भएपछि किसानहरूलाई ठूलो क्षति भए पनि त्यसको सम्पूर्ण क्षतिपूर्ति भने दिन नसकिने बताएका हुन् । 

Argakhachi Cement Island Ad

तर, सरकारको तर्फबाट किसानहरूलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनको भनाइ छ ।

उनका अनुसार लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशु संक्रमित भएका छन् । चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै उनले एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्