देश
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी संगठनको सुधारका लागि प्रहरी कर्मचारीले व्यावसायिक स्वार्थलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
बुधबार सरुवा भएर कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकहरूलाई बिदाइ गर्दै आईजीपी कुवँरले आफ्नो जिम्मेवारीमा खरोरूपमा प्रस्तुत भएर उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन पनि दिए ।
त्यस्तै, कानुनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको चर्चा गर्दै उनले नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे ।
प्रहरी प्रधान कार्यालयले मंगलबार एकसाथ ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० १७:४४
प्रतिक्रिया दिनुहोस्