site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
भियतनामको ईभी निर्माता ‘भिनफास्ट’ले पछि पार्‍यो फोर्ड र जीएमलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । भियतनामको विद्युतीय सवारी (ईभी) निर्माता ‘भिनफास्ट’ले सेयर बजारको कुल मूल्यांकनका आधारमा फोर्ड र जनरल मोटर्स (जीएम)लाई पछि पारेको छ ।

न्यूयोर्कमा नासडाक स्टक एक्सचेन्जमा पहिलो पटक पहिलो दिन भएको डेब्यु ट्रेडमा कम्पनीको सेयर मूल्य ३७ अमेरिकी डलरभन्दा माथि पुगेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसले भिनफास्टको बजार पुँजीकरण ८५ अर्ब अमेरिकी डलरभन्दा बढी पुर्‍याएको हो । यो बजार पुँजीकरण फोर्डको ४८ अर्ब अमेरिकी डलर र जीएमको ४६ अर्ब अमेरिकी डलरभन्दा बढी हो ।

विद्युतीय सवारी उत्पादक कम्पनीहरूबीच दौड चलिरहेका बेला भिनफास्टले दुई विश्वप्रख्यात कम्पनीको बजार पुँजीकरणलाई जितेको हो ।

Global Ime bank

यससँगै भिनफास्टका अध्यक्ष एवं संस्थापक फाम न्हाट वुङको सम्पत्तिमा ३९ अर्ब अमेरिकी डलरले बढेको छ । उनी यसअघि नै पनि भियतनामका धनाढ्य व्यक्ति हुन् ।

नियामक निकायको विवरणले कम्पनीको ९९ प्रतिशत सेयर उनीसँगै रहेको देखाएको छ । जुन भियतनाको सबैभन्दा ठूला कंग्लोमेट भिनग्रुप जेएससीअन्तर्गत रहेको छ ।

यसले अन्य लगानीकर्ताका लागि ट्रेड गर्न मिल्ने सेयर संख्या सीमित पारिदिएको छ अन्यथा कम्पनीको पुँजीकरण अझैं बढी हुनेथियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement