site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा बसले शव बोकेको गाडी, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते

काठमाडौं । चितवनको टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले शव बोकेको गाडी, केही मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका छन् ।

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर–९, टिकौली जंगलमा भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ जम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो ।

Accident chitwan21692173903.jpg

सो क्रममा चारवटा मोटरसाइकल र तीनवटा स्कुटर एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनापछि घाइतेलाई भरतपुरको विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ भने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro