site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

मनहरी (मकवानपुर) । मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् ।

जिल्लाको धियालमा ढुंगाले थिच्दा एक महिलाको मृत्यु भएको छ । मकवानपुर र बाराको सीमानामा अवस्थित बकैया गाउँपालिका–१, धियालको विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ढुंगाले थिचेर ज्यान गएको हो ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मंगलबार गाईभैँसी चराउन गएकी उनी बसेको ढुंगा पल्टिएर त्यसले थिच्दा ज्यान गएको हो । इलाका प्रहरी कार्यालय निजगढको टोली आज घटनास्थलमा पुगेको उनले बताए ।

यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चित्रेघारीमा भीरबाट लडेर स्थानीय ५३ वर्षीय विनोदकुमार बम्जनको मृत्यु भएको छ । घर नजिकैको जंगलमा घाँस काट्न गएका उनी मंगलबार चिप्लिएर भीरबाट खसेका थिए ।

गम्भीर घाइते बम्जनलाई उपचारका लागि फर्पिङस्थित मनमोहन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro