site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कुन हो चट्याङ बढी पर्ने समय, कसरी जोगिने ? 
SkywellSkywell

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हरेक दिन जारी गर्ने बुलेटिनमा चट्याङबाट जोगिन आग्रह गर्ने गरेको छ । मेघगर्जनसहित चट्याङको सम्भावना रहेको र यसबाट जोगिन सतर्क रहन विभागले आग्रह गर्दै आएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङको जोखिमबाट बच्न सावधानी अपनाउन अनुरोध गर्दै आएको छ । 

चट्याङबाट जोगिन विभिन्न उपायहरू अपनाउन सकिने प्राधिकरणले बताएको छ । 

Dabur Nepal
NIC Asia

“चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो । यसबाट हाम्रा घरहरूलाई धातुका सामग्री प्रयोग गरी सुरक्षित बनाउन सकिन्छ । तामा, आल्मुनियम तथा जीआईका रडक घरको सबभन्दा अग्लो भागमा राख्ने अनि सोही धातुका रड वा पाता जोडेर जमिनसम्म पुर्‍याउने र तामाको रडसँग जोडी अर्थिङ गरिए धेरै हदसम्म घरहरू सुरक्षित हुन्छन्,” प्राधिकरणले भनेको छ ।

यस्तै, चट्याङबाट सुरक्षित रहन गड्याङगुडुङ गरेका बेला घरबाट बाहिर ननिस्कने र घरबाहिर भएमा तुरुन्त घरभित्र वा सुरक्षित स्थानमा जानुपर्छ । प्राधिकरणका अनुसार चट्याङबाट जोगिन पक्की घर, बस, भ्यान आदि सुरक्षित स्थान हुन् ।

तर, यस्ता सुरक्षित स्थान पुग्ने अवस्था नरहेमा अग्लो र एक्लो रुखको ओत लाग्न नहुने प्राधिकरणले जनाएको छ । बरु, रुखदेखि टाढा टुक्रुक्क बस्नुपर्छ । खुला चौरमा परेमा टुक्करुक्क बसी टाउकोलाई दुई घुँडाको बीच राखी कान थुन्न प्राधिकरणको सुझाव छ ।

प्राधिकरणका अनुसार घरभित्र रहँदा पनि झ्याल, ढोका बन्द गरी कोठाको बीचमा बस्नुपर्छ । टीभी, वासिङ मेसिन, फ्रिज तथा अरू विद्युतीय सामग्रीका तारहरू प्लगबाट छुटाउनुपर्छ ।

यस्तै, गड्याङगुडुङका बेला पानीका स्रोतमा सिधै नुहाउने, धुने नगर्ने र टेलिफोनमा कुरा गर्न नहुने प्राधिकरणले जनाएको छ ।

चट्याङ चैतदेखि जेठ महिनासम्म अत्यधिक पर्छ । तर, अरु समयमा पनि पर्ने प्राधिकरणको भनाइ छ । “सबैभन्दा महत्वपूर्ण कुरा चट्याङ अपराह्न ३ बजेपछि पर्ने हुनाले घरबाहिरका काम बिहानको समयमा गरी साँझपख घरभित्रका काम गर्नुपर्छ,” प्राधिकरणले भनेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro