site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिम्नासियाडमा नेपालले पाँच खेलमा भाग लिने
SkywellSkywell

काठमाडौं । नेपालले आईएसएफ यू–१५ जिम्नासियाडमा विभिन्न पाँच खेलमा सहभागिता जनाउने भएको छ ।

अगष्ट १९ देखि २७ सम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने जिम्नासियाडमा समावेश विभिन्न ३२ खेल मध्ये नेपालले पाँच खेलमा सहभागिता जनाउन लागेको हो । नेपालले थ्री बाइ थ्री बास्केटबल, बक्सिङ, पौडी, टेबलटेनिस टेनिस र तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछ ।

KFC Island Ad
NIC Asia

टेबलटेनिसमा सिम्रिका घिमिरे र निभा योसी प्रजापतिले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पौडीमा आरुशा शाक्य, श्रयला महर्जन र सुगम श्रेष्ठ सिन्याले खेल्ने छन् । तेक्वान्दोमा उज्ज्वल वाग्ले, कृपन तामाङ र निश्चित कार्कीले प्रतिस्पर्धा गर्नेछन् ।

सम्यामी घिमिरे, आर्या पौड्याल, ओजश्वी श्रेष्ठ, उपमन्यु खन्डेल्वाल, सर्भाङ श्रेष्ठ, प्रणय बासी, प्रथम श्रेष्ठ, सम्राज श्रेष्ठ र आसिप महर्जनले बास्केटबलमा भाग लिने छन् । बक्सिङमा शेरप गेल्चेन शेर्पा र प्रकृति थापा सहभागी हुनेछन् ।

Royal Enfield Island Ad

भीआईपी डेलिगेटमा प्रदीप जोशी, हेड अफ डेलिगेसनमा मोहनकुमार कार्की, डेपुटी हेड अफ डेलिगेसनमा सोविनराज रेग्मी, निर्णायकमा धनकुमार मैनाली र रोशन बोहरा, प्रशिक्षकमा सदीश प्रधान, प्रकाश थापा मगर, राधाबहादुर तामाङ, अन्जना काफ्ले र शरद दर्शनधारी तथा अफिसियलमा नवीन महर्जन र राजेश राई  रहेका छन् ।

टोलीसँगै आईएसएफ टीसी तेक्वान्दोका अध्यक्ष एवं नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की पनि टोलीसँगै ब्राजिल जानेछन् । चारदिनको अन्तरालमा फरक–फरक समयमा टोली ब्राजिल जाने कार्यक्रम रहेको छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, सदस्यद्वय अञ्जन धमला र प्रकाशकुमार कुसारी, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २१:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro